काठमाडौँ : नेपाल प्रहरीका ५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरू प्रहरी नायब महानिरीक्षक (डीआईजी)का लागि बढुवा सिफारिस भएका छन्।
गृह मन्त्रालयको बढुवा सिफारिस समितिको आजको बैठकले उनीहरूलाई बढुवाका लागि सिफारिस गरिएको समितिका सदस्यसचिव प्रहरी अतिरिक्त महानिरीक्षक दुर्गा सिंहले जानकारी दिइन्।
उनका अनुसार बढुवा सिफारिस हुनेमा एसएसपीहरू इश्वर कार्की राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल र गोविन्द थपलिया रहेका छन्।
कार्की नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास कार्यालय, नक्सालमा छन्। भट्ट कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र, सुर्खेतमा छन्।
आचार्य लागूऔषध नियन्त्रण ब्यूरो, पौडेल अख्तियार र थपलिया नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागमा कार्यरत छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।