|

हेटौँडा : मकवानपुर र काठमाडौँ जोड्ने चखेल-मातातीर्थ सडक स्तर उन्नति गर्नका लागि यही पुस २२ गतेदेखि १५ दिन बन्द गरिने भएको छ।

मकवानपुरको महालक्ष्मी खोला–मातातीर्थ सडकअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-५ स्थित महालक्ष्मी खोलानजिकै भिर काट्न उक्त सडक बन्द गरिने भएको हो।

बागमती प्रदेश सरकारको पूर्वाधार विकास कार्यालय मकवानपुरबाट मकवानपुरतर्फको सडकखण्डमा स्तर उन्नतिका क्रममा सडक बन्द गर्न लागिएको इन्द्रसरोवर गाउँपालिकामा-५ का वडाध्यक्ष दुतराज तितुङले जानकारी दिए। 

उनका अनुसार महालक्ष्मी खोलादेखि चखेल-देउराली हुँदै जाने सडक यही पुस २२ गतेदेखि आगामी माग ७ गतेसम्म बन्द हुनेछ । उक्त सडकखण्डमा हाल स्तरोन्नतिको काम भइरहेको उनले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.