रौतहट : कर्तव्य ज्यान मुद्दाका एक जना फरार अभियुक्तले प्रहरीसँग आत्मसमर्पण गरेका छन्।
जिल्लाको राजदेवी नगरपालिकाका वडा नं १ निवासी रामनरेश राय यादवले जिल्ला प्रहरी कार्यालय रौतहटमा पुगेर आत्मसमर्पण गरेका हुन्। आफैँ प्रहरीमा गएर आत्मसमर्पण गरेपछि यादवलाई रौतहट जिल्ला अदालतमा पेश गर्दै थप अनुसन्धानका लागि प्रहरीले म्याद लिइएको छ।
२०७९ साल फागुन २४ गते साँझ स्थानीय २५ वर्षीय गजेन्द्र दासको कुटपिटका कारण मृत्यु भएको घटनामा यादव मुख्य अभियुक्त रहेको प्रहरीले जनाएको छ।
यस घटनाको अनुसन्धानका क्रममा प्रहरीले यादवको परिवारलाई सहयोग गर्न कानूनी परामर्श प्रदान गरेको थियो। परामर्शले सजायमा छुटको व्यवस्था रहेको जानकारी गराएपछि यादव अभिप्रेरित भई बुधवार आत्मसमर्पण गरेको हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।