काठमाडौं : फोटोग्राफर किशोर कायस्थले मुस्ताङको रूपान्तरणलाई झल्काउने गरि खिचेका ३० वटा पानारोमा फोटो प्रदर्शनी नेपाल कला परिषद्मा चलिरहेको छ। मुस्ताङको ‘मुस्ताङ नोस्टाल्जियाः ए टु डिकेड ओडिसी’ शीर्षक दिइएको यो प्रदर्शनी १४ जनवरीसम्म सञ्चालन हुनेछ।
फोटोको माध्यमबाट कायस्थको फोटोमा मुस्ताङको बदलिँदो मौसम, सहरीकरण र चिरस्थायी परम्परालाई समेटेर नेपालको भूदृश्यसँगको गहिरो सम्बन्धलाई झल्काउने कामले देखिन्छ। यो प्रदर्शनीले यस क्षेत्रको दुई दशक लामो अन्वेषणको पहिलो सार्वजनिक अनावरण गरेको छ।
प्रदर्शनीले मुस्ताङका सांस्कृतिक संरक्षणका लागि अमेरिकी राजदूत कोष (एएफसीपी) परियोजना साइटहरूलाई हाइलाइट गर्दछ। विगत २० वर्षमा, एएफसीपीले नेपालमा २८ सांस्कृतिक सम्पदा पुनर्स्थापना परियोजनाहरूलाई कुल $४.५४ मिलियन भन्दा बढी रकम सहयोग गरेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।