|

काठमाडौं :  पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने श्री माधवनारायण स्वस्थानी व्रत मेलाको तयारी अन्तिम चरणमा पुगेको छ।

शंखरापुर नगरपालिका साँखुमा बिहीबार आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिका महासचिव एल.पी श्रेष्ठले मेलाको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए।

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ।  मेलामा दर्शनका लागि आएका भक्तजनहरूलाई सहज हुने किसिमले व्यवस्थापनको कार्य भई रहेको र सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिने उनले बताए। 

यस वर्ष स्नान क्षेत्रमा एल.ई.डी डिस्प्ले राखिएको र मेलाको अवस्था प्रत्यक्ष देखाइने उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.