काठमाडौँ : नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले राष्ट्रबैंक र बीमा प्राधिकरणले बैंक र बीमाको संरक्षण र नाफा सुरक्षित गर्ने नीति लिँदा उद्योगमा समस्यामा आएको बताएका छन्।
बिहीवार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष अग्रवालले यस्तो बताएका हुन्। उनले नियमनकारी निकायले आफ्नो क्षेत्रभित्र पर्ने संस्थाको संरक्षण र नाफा सुरक्षित गर्ने नीति लिँदा उद्योगहरूमा त्यसको असर परेको दाबी गरे। उनले नियामक निकायहरूको ध्यान आफ्नो क्षेत्रभित्र पर्ने संस्थालाई जोगाउने र नाफा सुरक्षित गर्नेतर्फ गइरहेको गुनासो गरे।
उनले नेपाल राष्ट्र बैंकले जसरी बैंक तथा वित्तीय संस्थाहरूको संरक्षण र नाफा सुरक्षित गर्ने र बीमा प्राधिकरणले पनि बीमा कम्पनीहरूको संरक्षण गर्ने नीति लिएको उल्लेख गरे। उनले बीमा कम्पनीहरूले उद्योग बाहेकका क्षेत्रमा अनिवार्य बीमा गर्दा त्यसले उद्योगको लागत बढाएको बताए।
उनले विश्व बजार ट्यारिफबाट ननट्यारिफतर्फ गइरहेका वेला नेपाल ननट्यारिफबाट ट्यारिफमा गइरहेको भन्दै त्यसमा सुधार आवश्यक रहेको बताए। उनले नियामक निकायले बजारलाई प्रतिस्पर्धी बनाउन बीमाको दर तोक्न नहुने भन्दै खुला छाडेर प्रतिस्पर्धी बन्ने वातावरण बनाउनुपर्ने बताए।
अग्रवालले भने, ‘नियामक निकायहरूको ध्यान आफ्नो क्षेत्रभित्र पर्ने संस्थाहरूलाई संरक्षण गर्ने र नाफा सुरक्षित गर्नेतर्फ गइरहेको छ। त्यसको असर उद्योगमा परेको छ। नेपाल राष्ट्रबैंकले जसरी बैंक तथा वित्तीय संस्थाहरूको संरक्षण र नाफा सुरक्षित गर्ने नीति लिएको छ। त्यसरी नै बीमा प्राधिकरणले पनि बिमा कम्पनीहरूको संरक्षण गर्ने गरेको छ। बीमा कम्पनीहरूले उद्योग बाहेकका क्षेत्रमा अनिवार्य बीमा गरेका छन्। त्यसले उद्योगहरूको लागत बढाएको छ। त्यसमा सुधार आवश्यक छ। नियामक निकायले बजारलाई प्रतिस्पर्धी बनाउन बीमाको दर तोक्ने होइन‚ खुला छाड्नुपर्छ।’
उनले बीमा कम्पनीहरू प्रतिस्पर्धी बन्दा मात्रै बीमा बजारको बिस्तार हुने बताए। उनले बीमा प्राधिकरणले बीमा कम्पनीहरूलाई मात्रै संरक्षण गर्ने नीति लिन नहुने बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।