|

काठमाडौँ : कास्की जिल्ला अदालतको आदेशबमोजिम राष्ट्रिय स्वतन्त्र (रास्वपा) सभापति रवि लामिछानेले ६५ लाख धरौटी बुझाउने तयारी गरिरहँदा कास्की प्रहरी भने उनलाई पक्राउ गर्ने कि नगर्ने भन्ने कानुनी परामर्शमा जुटेको छ। 

काठमाडौँलगायत अन्य जिल्लामा रविविरुद्ध मुद्दा रहेकाले धरौटी बुझाएर रिहा भएको खण्डमा पुन पक्राउ गरी ती जिल्लामा पठाउने की उनलाई आफैँ अदालतमा हाजीर हुन दिने भन्ने कानुनी परामर्शमा प्रहरी जुटेको हो। उनलाई आज कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छोड्ने आदेश दिएको थियो।

कास्कीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले थाहाखबरसँग कुरा गर्दै भने, 'उहाँ अहिले धरौटी बुझाउने प्रक्रियामा हुनुहुन्छ, अब हामी कानुनी परामर्शमा छौँ, कानुन अनुसार जे गर्न मिल्छ त्यही गरिन्छ।'

लामिछानेविरुद्ध काठमाडौँ, चितवन, पर्सा र रुपन्देहीमा समेत मुद्दा विचाराधीन छ। लामिछानेले कास्की जिल्ला अदालतमा धरौटी बुझाउने प्रक्रिया थालिसकेका छन्। 

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दामा लामिछानेसँग जिल्ला अदालत कास्कीले ६५ लाख धरौटी मागेको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.