काठमाडौँ : कास्कीको सूर्यदर्शन सहकारी ठगी प्रकरणका आरोपी रास्वपाका सभापति रवि लामिछाने, पूर्व डिआइजी छविलाल जोशीले बैँक ग्यारेन्टीमा धरौटी बुझाएका छन्।
केही बेर अघि कास्की जिल्ला अदालतमा प्रभु बैंक ग्यारेन्टी बसेर उनीहरुको धरौटी रकम बुझाइएको हो। अरुले भने नगद नै बुझाएका कास्की अदालतका सूचना अधिकारी सुजन अधिकारीले थाहाखबरलाई जानकारी दिए।
जिल्ला अदालत कास्कीका न्यायाधीश नीजित राईको इजलासले थुनामा रहेका सबै प्रतिवादीसँग धरौटी माग गरेको थियो। अदालतले रविसँग ६५ लाख, जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख धरौटी माग गरेको थियो।
लीला पछाईसँग अदालतले ३७ लाख धरौटी माग गरेकोमा उनले भोलि बुझाउने बताइएको छ। कृष्ण गुरुङले १ लाख, मीना गुरुङले ५ लाख र आरति गुरुङले ५ लाख धरौटी बुझाएर रिहा भइसकेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।