|
सांकेतिक तस्विर

सिमकोट : हुम्लाको खार्पुनाथ गाउँपालिकामा औषधि अभाव भएको छ। गाउँपालिकाभित्र रहेका सबै स्वास्थ्य संस्थामा एक महिनादेखि औषधि अभाव  हुँदा बिरामी समस्यामा परेका छन्। 

गाउँपालिकामा रहेका चारवटा स्वास्थ्यचौकी, एक सामुदायिक अस्पताल, एक आधारभूत स्वास्थ्य केन्द्र, ६ वटा आधारभूत स्वास्थ्य एकाइमा यतिवेला औषधि अभाव भएको छ। गाउँपालिकाभित्र रहेका यी स्वास्थ्य संस्थामा उपचारका लागि सेवाग्राही गए पनि औषधि नहुँदा फिर्ता हुने गरेका छन्। 
   
गाउँपालिकाभरिका स्वास्थ्य संस्थामा एक महिनादेखि सामान्य सिटामोल, ग्याष्ट्रिक, रुघाखोकी, दमलगायतका बिरामीका लागि अति आवश्यक पर्ने औषधि नभएको स्वास्थ्यकर्मीले बताउने गरेका छन्। गाउँपालिकाले औषधि खरिदका लागि बोलपत्र आह्वान ढिला गर्दा औषधि अभाव भएको हो। 
   
दशैँअघि पनि औषधि अभाव हुँदा पाँच लाख रुपैयाँको औषधि गाउँपालिकाले गरिद गरेको थियो। दशैँमा खरिद गरेको पनि सकिएर पुन औषधि खरिदका लागि टेण्डर आह्वान भएको गाउँपालिका स्वास्थ्य संयोजक हरिभक्त शाहीले बताए। गाउँपालिकामा सबै औषधिको अभाव नभए पनि केही औषधि अभाव भएको गाउँपालिका संयोजक शाहीले बताए।
  
यस्तै गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीले औषधि अभाव भएको जानकारी नभएको बताए। तर गाउँपालिकाले यहाँका स्वास्थ्य संस्थामा चाहिँने औषधि र उपकरण खरिदका लागि टेण्डर आह्वान भएर स्वीकृत भएको सकेको बताए। गाउँपालिकामा एक हप्ता माघ महिनाको पहिलो सातामा आइपुग्ने र चाँडो पुर्‍याउन ताकेता गर्ने अधिकृत शाहीले बताए। 

यतिबेला गाउँपालिकामा रहेका चारवटा स्वास्थ्यचौकीमा औषधि अभाव हुँदा उपचारका लागि बिरामी गाउँमै रहेका स्वास्थ्य संस्थामा नगई जिल्ला अस्पताल सिमकोटमा पुग्ने गरेका छन्। गाउँमा रहेका स्वास्थ्यचौकीमा औषधि नपाइने भएपनि जिल्ला वा जिल्ला बाहिर उपचारका लागि जाने गरेको पाइएको छ। स्वास्थ्यचौकीमा औषधि लिन पुग्दा स्वास्थ्यकर्मीले औषधि छैन भनेर फर्काइदिने गरेको रायाँ गाउँका स्थानीय दलसुर परियारले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.