|

काठमाडौं : एन्फा महिला लिग फुटबलमा शुक्रबार बागमती युथ क्लब र वालिङ नगरपालिकाबीच प्रतिस्पर्धा हुने भएको छ। 

एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो ३ बजे शुरु हुने खेलमा यी दुवै टोली अन्तिम चरणको खेलमा पहिलो जितको खोजीमा हुनेछन्। बागमती युथ क्लब यसअघि पुलिस क्लबसँग २–० र एपीएफसँग ५–१ गोलले पराजित भएको थियो। 

यस्तै वालिङ नगरपालिका पुलिससँग ५-० र एपीएफसँग ९-० गोलको फराकिलो अन्तरले पराजित भएको थियो। लगातार जितविहीन रहेका बागमती र वालिङ आज जित दर्ता गर्दै शीर्ष ४ भित्र पर्ने दाउमा रहनेछन्। 

यसअघि बिहीबार भएको विभागीय डर्बी खेलमा एपीएफले पुलिस क्लबविरुद्ध सनसनीपूर्ण जित निकालेको थियो।  उसले पुलिसविरुद्ध ६-० गोलको जित निकालेको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.