|

कास्की :  पोखरामा नाटक ‘सपना डिलक्स काेच’ मञ्चन हुने भएको छ। आगामी माघ ११ गते शुक्रबारबाट मञ्चन सुरु हुने नाटकको रिहर्सल यतिबेला पोखरा नदीपुरमा रहेको निर्माणाधीन हंस ध्वनि नाटकघरमा भइरहेको छ।

इन्द्रेणी थिएटरको छैटौ प्रस्तुतीमा निर्माण हुन लागेको नाटक केदारनाथ पौडेलले लेखेका हुन्। नाटक पोखरा गैह्रापाटनमा रहेको पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन हुनेछ।

नाटकमा कपिल शर्मा, दिलप्रसाद गुरुङ, विभु प्रसाद भुसाल, उमा पुन, रामहरि अधिकारी, विजयराज अधिकारी, अभिषेक भुसाल, श्रद्धा अधिकारी लगायतका कलाकारको अभिनय हेर्न पाइनेछ।  यो नाटकको निर्देशन लक्ष्मण डुम्रेले गर्दैछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.