|

काठमाडौं : शीतलहरका कारण चिसो बढेपछि नवलपरासी लगायत तराई–मधेसको जनजीवन प्रभावित बनेको छ।

चिसो हावा, शीतलहर, हुस्सु र बाक्लो कुहिरोका कारण तराई–क्षेत्रको जीवन प्रभावित भएको हो। घाम नलागेर चिसो बतास चल्ने र हुस्सु लागेपछि निम्न आयस्रोत भएको र विपन्न मजदुर वर्ग बढी प्रभावित भएका छन्।

चिसोका कारण विपन्न र गरिब परिवार दिनभरि नै आगो तापेर बस्न बाध्य भएका छन् व्यापार समेत सुस्ताएको छ। चिसो अत्याधिक बढेपछि व्यापार व्यवसाय प्रभावित भएको स्थानीयले बताएका छन्।  


चिसोले विद्यार्थी विद्यालय जाने संख्या समेत कम भइरहेको स्थानीयको गुनासो छ। कतिपय विद्यालयहरुमा हिउँदे विदा दिइएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.