काठमाडौँ : शीतलहरका कारण चिसो बढेपछि तराई मधेशको जनजीवन निकै प्रभावित बनेको छ। नेपालको पूर्वी भागदेखि पश्चिमी तराईको जनजीवन प्रभावित भएको छ।
यतिखेर तराई मधेशमा चिसो हावा, शीतलहर, हुस्सु र बाक्लो कुहिरो लाग्दा त्यहाँको जनजीवन प्रभावित भएको हो। घाम नलागेर चिसो बतास चल्ने र हुस्सु लागेपछि कम आम्दानी भएका परिवार बढी प्रभावित भएका छन्।
चिसोका कारण तराईवासी दिनभरआगो तापेर बस्न बाध्य भएका छन्। अहिले यहाँको व्यापार निकै मन्द छ। चिसो अत्यधिक बढेपछि व्यापार व्यवसाय ठप्प जस्तै भएको स्थानीय बासिन्दाले बताएका छन्।
चिसोले कैयौँ जिल्लामा विद्यालयमा हिउँदे छुट्टी दिइएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।