|

काठमाडौँ : सिंहदरबारमा आज प्रतिपक्षी तीन राजनीतिक दलका अध्यक्षबीच भेटवार्ता भएको छ। 

सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको हो। हिजो पनि नेपालले प्रचण्डलाई भेटेका थिए।

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले समाजवादी मोर्चालाई क्रियाशील बनाउने निर्णय गरेका बताएका छन्।

मोर्चालाई क्रियाशील बनाउन आगामी माघ २ गते समाजवादी मोर्चामा रहेका चार दलको बैठक बस्ने निर्णय भएको माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जानकारी दिए।

उनले मोर्चालाई सक्रिय बनाउने विषयमा नै दलहरूबीच निरन्तर छलफल भएको बताए। प्रचण्डले वर्तमान गठबन्धन अप्राकृतिक भएकाले धरै दिन नटिक्ने टिप्पणी गरेका छन्।

त्यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले माघ २ गते बैठक बसेर मोर्चालाई क्रियाशील बनाउने र अन्य दललाई पनि मोर्चामा आबद्ध गर्दै लैजाने जानकारी दिए। 

भेटपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी ओली संविधान संशोधन नै नगर्ने दाउमा रहेको बताएका छन्। छलफलपछि बाहिरिने क्रममा लिङ्देनले प्रधानमन्त्री ओलीको पछिल्लो अभिव्यक्ति सुन्दा संविधान संशोधन नै नगर्ने दाउमा रहेको देखिएको बताएका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.