काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार अब अघि बढ्न नसक्ने दावी गरेका छन्।
शुक्रवार सिंहदरबारमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनसँग भेट गरेपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग उनले यस्तो दावी गरेका हुन्।
उनले अहिलेको सरकार अप्राकृतिक, अलोकतान्त्रिक र अपारदर्शी रहेको आरोप दोहोर्याए। उनले अप्राकृतिक सरकार भएकाले अब चल्न नसक्ने बताए।
‘समाजवादी मोर्चालाई फेरि सक्रिय पार्नु पर्यो भन्ने विषयमा नै मुख्य रुपमा कुरा भइरहेको छ। हामी समाजवादी मोर्चाको बैठक २ गते बस्दै छौँ‚’ उनले भने, ‘यो गठबन्धन अप्राकृतिक छ, अलोकतान्त्रिक छ, अपारदर्शी छ भन्ने कुरा मैले गम्भीर रुपले पार्लियामेण्टमा र बाहिर पनि भनेको सुन्नुभएको छ नै। अप्राकृतिक भएकाले अब यो चल्दैन।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।