|
फाइल तस्वीर

काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले युवाहरुलाई आत्मसम्मान र खुशीसाथ नेपालमै बस्नसक्ने वातावरण सिर्जना गर्नु आजको मुख्य राजनीतिक एजेण्डा भएको बताएका छन्।

शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रममा महामन्त्री थापाले नेपालको अहिलेको सबैभन्दा ठूलो राजनीतिक एजेण्डा नेपालमै खुशीका साथ बस्नसक्ने गरी कमाइ गर्ने वातावरण सिर्जना गर्नु रहेको बताएका हुन्। 

उनले आफ्नो कमाइबाट खुशी हुने रोजगारी अहिलेको पहिलो राजनीतिक एजेण्डा रहेको उल्लेख गरे। उनले खुशीसहितको रोजगारीको विषय प्रधानमन्त्रीदेखि पार्टी सभापतिसम्म पुर्‍याउने बताए। 

‘नेपालको अहिलेको सबैभन्दा ठूलो पोलिटिकल एजेण्डा भनेको नेपाली नौजवानहरुले नेपालमै बस्नसक्ने गरीकन आफ्नो आत्मसम्मान रहनेगरी, खुशी हुनेगरी कमाइ भएको रोजगारी आजको नेपालको सबैभन्दा ठूलो राजनीतिक एजेण्डा हो‚’ उनले भने‚ ‘म रोजगारीको यो छलफललाई म प्रधानमन्त्रीको कोठामा पुर्‍याउन चाहन्छु। म पार्टी सभापतिको कोठामा हुने बहसमा, छलफलमा यो कोठामा यो विषय पुर्‍याउन चाहन्छु।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.