|

पोखरा : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरा अन्ताराष्ट्रिय विमानस्थल चल्न नसक्नुको मुख्य कारण नेपाल वायुसेवा निगम कमजोर रहेको बताएका छन्।

शुक्रवार पोखरामा सुनौलो नेपालको गण्डकीको पर्यटन र अर्थतन्त्रको उडानसम्बन्धी कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। पोखरा अन्ताराष्ट्रिय विमानस्थल सञ्चालनका लागि सबैभन्दा पहिला नेपाल एयरलाइन्सलाई बलियो बनाउनुपर्ने बताए। उनले कोरला नाका व्यवस्थित बनाउन सके पनि गण्डकी प्रदेशमा पर्यटनको महत्त्व बढ्ने बताए।

उनले पर्यटनसँगै आर्थिक र औद्योगिक गतिविधि पनि बढ्ने दाबी गरे। उनले लुम्बिनी प्रदेशको भैरहवा, गण्डकी प्रदेशको पोखरा, वागमती प्रदेशको काठमाडौँ, मधेस प्रदेशको निजगढ अन्ताराष्ट्रिय विमानस्थलभित्र समेटिने क्षेत्र नै नेपालमा आर्थिक हब बन्ने बताए। 

मन्त्री गुरुङले भने‚ ‘हामी कोरला नाका व्यवस्थित बनाउने, निर्माण गर्ने र कोरला नाकासँगै जोडेर एउटा स्पेशल इकोनोमिक जोन बनाउने कुरामा हाम्रो प्रयत्न रहन्छ। त्यसले हाम्रो गण्डकी प्रदेशको, पर्यटन, उद्योग लगायत अरू क्षेत्रमा महत्त्वपूर्ण योगदान दिन्छ। यसले पर्यटनको विकास त छँदै छ।’

सञ्चारमन्त्री गुरुङ पोखरा अन्ताराष्ट्रिय विमानस्थल कसरी प्रभावकारी सञ्चालन गर्ने कुरा महत्त्वपूर्ण रहेको बताए। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.