काठमाडौँ : मन्त्रिपरिषद्को बैठक बालुवाटारमा सुरु भएको छ। बैठक नियमित रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ।
बैठक अघि कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालसहित प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका थिए।
उता आजै तीन प्रतिपक्ष दलका अध्यक्षहरू नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको थियो।
अहिले राजनीतिक वृत्तमा फरकफरक विष्लेषण भइरहेका बेला राति मन्त्रिपरिषद् बैठक बसेको हो। सरकारले केही अध्यादेश ल्याउन लागेको चर्चा समेत रहेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।