|

मकवानपुर : मकवानपुरको मनहरी गाउँपालिका–६ मा स्कर्पियो र कार ठोक्किँदा आठ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शनिवार दिउँसो १ बजे पूर्वपश्चिम राजमार्गअन्तर्गत वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२६ च ५२५० नम्बरको स्कर्पियो र चितवनबाट हेटौँडातर्फ आउँदै गरेको बा१६ च ८३२४ नम्बरको कार एक आपसमा ठोक्किँदा आठ जना घाइते भएका हुन्।

घाइतेलाई उपचारका लागि चितवन पठाइएको प्रहरीले जनाएको छ। मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्याम अर्यालका अनुसार घाइतेको अवस्था गम्भीर छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.