|

पाल्पा : पाल्पामा फोर्स गाडीको ठक्करबाट शनिवार पैदलयात्रीको मृत्यु भएको छ।

मृत्यु हुनेमा तानसेन नगरपालिका ११ सामाकोटकी ४६ वर्षीया सीता गहतराज रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सन्दीप बेल्बासेले बताए।

बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु २ ख ५६१८ नम्बरको फोर्स गाडीले सडकमा हिँडिरहेकी उनलाई बेलुकी पौने ६ बजे ठक्कर दिएको थियो।

गम्भीर घाइते उनलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज लैजाँदा चिकित्सकले मृत घोषणा गरेको बेल्बासेले बताए।

चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.