|

काठमाडौं : देशकै सबैभन्दा धेरै विरामीलाई स्वास्थ्य सेवा दिने त्रिवि शिक्षण (टिचिङ अस्पताल) अस्पतालले नै स्वास्थ्य बीमा मार्फत बिरामीहरुलाई सेवा दिन कन्जुस्याँइ गर्न थालेको छ।

देश भरबाट सबैभन्दा धेरै रिफरल बिरामी समेत आउने उक्त अस्पतालमा हाल भर्ना गरेका बिरामीले बीमा मार्फतको सेवा पाउनबाट बन्चित हुँदै आएका छन्।

बीमा मार्फत उपचार सेवा दिन किन कन्जुस्याँइ गर्न थाल्यो टिचिङले

गत भदौमा स्वास्थ्य बीमा बोर्डले नयाँ दररेट लागू गरेको दर अस्पतालको दरभन्दा फरक परेको भन्दै अस्पतालले केही समय बीमा मार्फतको  सबै सेवा बन्द गरेको थियो भने केही समय स्वास्थ्य बिमामार्फत हुँदै आएको शल्यक्रिया सेवा पनि रोकेको थियो।

तर अहिले आएर शिक्षण अस्पतालमा भर्ना भएका बिरामीले स्वास्थ्य बीमा मार्फतको सेवा पाउँदैन। उसो त  टिचिङ अस्पताल स्वास्थ्य बोर्डबाट वर्षेनी सबैभन्दा धेरै सोधभर्ना गर्ने अस्पतालमा पर्छ। यस्तो हुँदा पनि  बीमा मार्फत उपचार सेवा दिन किन कन्जुस्याँइ गरेको भन्ने थाहाखबरको प्रश्नमा अस्पतालका निर्देशक डा घनश्याम गुरुङले भने ‘ हामीले  स्वास्थ्य बीमा मार्फतको सेवालाई सुरु देखिनै प्राथामिकतामा राख्दै आएका थियौँ तर गत भदौ देखि  बोर्डले लागु गरेको दररेट हाम्रोसँग मिलेन यसले गर्दा हाम्रो वार्षिक आन्तरिक लेखा प्रणालीमानै असर गर्न थाल्यो तर हामीले अहिले इमर्जेन्सी र ओपिडी सेवामा भने बीमा रोकेका  छैनौँ’।

बीमा बोर्डले यही भदौ १ गतेदेखि बिमामार्फतको सेवालाई  परिमार्जित गरी नयाँ दर कार्यान्वयन गरेको थियो। जस अनुसार  परिमार्जित दरमा ओपिडी टिकट ५० रुपैयाँ तोकिएको थियो। यसअघि ओपिडी टिकटका लागि २५० रुपैयाँ तोकिएको थियो।

यस्तै जनरल बेडचार्ज प्रतिदिन २५० राखिएको छ। सबैभन्दा बढी केही रोगको सर्जरीमा ७० हजार रुपैयाँसम्म शुल्क तोकिएको छ।

तर टिचिङ अस्पतालमा भने जनरल बेडको दैनिक बेडचार्ज ३०० सय रहेको छ। यसले गर्दा अस्पताले आफ्नो दररेटसँग बोर्डको दररेट नमिलेको भन्दै अस्पतालले बीमा मार्फतको सेवालाई आंशिक बनाएको निर्देशक डा गुरुङले बताए।

‘पाँच महिना अघि बोर्डले पठाएको दररेटनै हाम्रो संग मिलेन त्यही हुँदा पनि हामीले सेवा दिएर भुक्तानीको लागी दाबी पेश पनि गरेका थियौँ तर बोर्डले हाम्रो भुक्तानी गर्न पठाएको दाबी बिमाको दररेट संग नमिलेर लिएन यति भए पछि हामीलाई अप्ठ्यारो भएको हो र यो कुरा हामीले बोर्डलाई समेत जानकारी गराइ सकेका छौँ तर सुनुवाइ भएको छैन’  अस्पतालका निर्देशक  डा गुरुङले भने।

उनका अनुसार बोर्डले बीमा मार्फतको सेवा दिए बापत हाल ७० करोड जति रकम टिचिङ अस्पताललाई दिन बाँकी छ त्यस मध्ये बोर्डले २० करोड रकम दाबी नपुग्ने बताउँदै आएको छ।

भर्ना गरेका बिरामीले बीमा मार्फत उपचार सेवा लिन नपाउने भएपछि अहिले टिचिङ अस्पतालमा विशेषगरी भर्ना गरेर उपचार गराउनु पर्ने तथा शल्यक्रिया गर्नु पर्ने खालका बिरामीहरु मर्कामा पर्ने गरेका छ।​

के भन्छ बीमा बोर्ड?

यसअघिनै गत भदौमा टिचिङ अस्पतालले बोर्डको दररेट नमिलेको भन्दै सेवानै  रोकेपछी तत्कालिन बोर्डका अध्यक्ष डा गुणराज लोहनी र कार्यकारी निर्देशक डा दामोदर बसौलानै अस्पताल पुगेर तत्काललाई सेवा रोक्ने र नमिलेको बिषय सुल्झाउदै जाने सहमति भए पछि अस्पतालमा बीमा मार्फतको  सेवा सुचारु भएको थियो ।

तर पछि अध्यक्ष रहेका डा. लोहनीले २८ भदौमा राजिना दिए पछि बोर्डका निर्देशकरहेका डा. बसौलाको चार वर्षे कार्यकाल कात्तिक २५ मा पूरा भएर बिदा भए पछि बोर्डको काम ठप्प भए पछि सेवा प्रदायिक स्वास्थ्य संस्थाहरुमा देखिएको समस्या समाधान हुन कठिनाइ हुँदा यसको प्रभाव टिचिङ  अस्पतालम परेको बताउँछन बीमा बोर्डका एक कर्मचारी। 

ति कर्मचारीले भने ‘ भदौ एक देखि नयाँ दररेट लागु गरेपछी  धेरै अस्पतालहरुले आफ्नो दररेटसंग नमिलेको भन्दै गुनासो गरेका थिए टिचिङले त आफ्नो दररेट संग बोर्डको नयाँ दररेट धेरैन नमिल्ने हुँदा सेवानै केही समय रोकेर तत्कालिन अध्यक्ष र कार्यकारी निर्देशकनै पुगेर छलफल गरेर तत्काललाई सेवा सुचारु भएको थियो त्यस  लगत्तै अध्यक्ष र कार्यकारी निर्देशकनै बोर्डबाट बाहिरिए पछि यो समस्या दोगो रुपमा समाधान नहुँदा समस्या भएको हो।’

हाल बोर्डमा निमित्त निर्देशकको रुपमा स्वास्थ्य मन्त्रालयले डा सरोज शर्मालाई पठाए पनि कानुनी अधिकारी कम हुँदा बीमा देखिएको समस्या समाधान गर्न  अप्ठ्यारो भइरहेको समेत बोर्डले जनाएको छ। 

स्वास्थ्य बीमा ऐन २०७४ संशोधन भएको हुँदा अब बिमामा देखिएका धेरै समस्याहरु समाधान हुँदै जाने बोर्डले जाएको  छ।

बीमा बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार टिचिङ अस्पतालको समस्या र दाबी भुक्तानी मात्रै होइन देशभरका अन्य सेवा प्रदायक स्वास्थ्य संस्थालाई गत चैत सम्मको रकम भुक्तानी भए पनि वैशाख यताको भएको छैन। जसको मुख्य कारण कार्यकारी अधिकार सहितको नेतृत्वविहीन हुनु  हो।

‘सेवा प्रदायक स्वास्थ्य संस्थालाई गत चैत सम्मको रकम भुक्तानी भएको छ तर वैशाख यताको करिब १३ अर्ब रकम भुक्तानी गर्न बाँकी छ’ सूचना अधिकारी मल्लले भने ‘ दाबी भुक्तानीको लागि धेरैनै ताकेता आएको छ अबको केही दिनमा वैशाख जेठ असार सम्मको भुक्तानी जान्छ होला’।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.