|

काठमाडौं : महालक्ष्मी विकास बैंक लिमिटेडकोे २३औं वार्षिक साधारणसभा मनाएको छ। बैंक सञ्चालक समितिका अध्यक्ष श्री राजेश उपाध्यायको अध्यक्षतामा सोमबार गैह्रीधारा, काठमाडौंमा मनाएको हो। 
उक्त अवसरमा २०८१ साल असार मसान्तको वासलात तथा आ.व. २०८०÷०८१ को नाफा नोक्सान हिसाब एवं सोही अवधिको नगद प्रवाह विवरण, नाफा÷नोक्सान बाँँफाँड हिसाब, इक्विटीमा भएको परिवर्तनलगायत वार्षिक आर्थिक विवरणसँग सम्बद्ध वित्तीय विवरणहरु छलफल गरी स्वीकृत भएका छन्।

यसैगरी, वार्षिक साधारण सभामार्फत संचालक समितिले प्रस्ताव गरेबमोजिम ७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावसमेत अनुमोदन भएको छ। यसअन्तर्गत आ.व.२०८०÷०८१ को वितरणयोग्य मुनाफा रकमबाट हाल कायम रहेको चुक्ता पुंजीको ४ प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने कर प्रयोजनार्थसमेत) तथा ३ प्रतिशत बोनस शेयर बितरण गर्ने प्रस्ताव पारित भएको हो।

आर्थिक वर्ष २०७९÷८० को तुलनामा आर्थिक वर्ष २०८०÷८१ को अन्त्य सम्म बैंकका समग्र वित्तीय परिसूचकहरुमा सकरात्मक परिवर्तन देखिएको छ। आर्थिक वर्ष २०७९÷८० मा रु. ३७.७५ करोड खुद मुनाफा रहेकोमा ३३ प्रतिशत नाफा वृद्धि गर्दै आर्थिक वर्ष २०८०÷८१ मा खुद नाफा रु. ५०.०३ करोड पुगेको छ। आर्थिक वर्ष २०८०÷८१ को अन्त्यमा प्रतिसेयर आम्दानी रु. १२, पुँजी पर्याप्तता अनुपात १४.९३ प्रतिशत, शेयरधनी कोषमा प्रतिफल ७.४२ प्रतिशत तथा लाभांश दर ७.०० प्रतिशत रहेको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.