काठमाडौँ : माघे सङ्क्रान्तिका अवसरमा नुहाउन गएका एकजना देवघाटको झोलुङ्गे पुलबाट हाम फालेर बेपत्ता भएका छन्।
लमजुङ घर भएका ४१ वर्षीय मदन परियार बेपत्ता भएका हुन्। परियारको खोजीकार्य जारी रहेको चितवन प्रहरीले जनाएको छ।
आज त्यहाँ विभिन्न जिल्लाबाट मानिसहरू माघी स्नानका लागि आएका थिए । सोही क्रममा उनी पुलबाट हाम्फालेका प्रहरीले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।