|

काठमाडौं : तीन अर्ब रूपैयाँभन्दा बढी लगानीमा निमार्ण गरेको ‘मर्क्योर होटल’ आजदेखि सञ्चालनमा आउने भएको छ। 

काठमाडौंको सुकेधारामा निमार्ण सम्पन्न भएको पाँचतारे ‘मर्क्योर होटल’ को व्यवस्थापन अन्तर्राष्ट्रिय कम्पनी एकोर ग्रुपअन्तर्गतको मर्क्योर ब्रान्डले गर्नेछ। होटलको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन्।  

पाँच रोपनी क्षेत्रफलमा फैलिएको १०४ कोठाको होटल मर्क्युरमा ११ तला रहेको छ। फ्रान्सेली ब्राण्डको होटल ‘मर्क्योर’ निर्माणमा करिब ३ अर्ब रुपैयाँ खर्च भएको  सञ्चालक समेत रहेका देशबन्धु बस्नेतको भनाइ छ।  

होटलको टफ फ्लोमा स्वीमिङ पुल, होटलमा नेपाली, इण्डियन, चाइनिज रेस्टुरेन्ट, तीन सय क्षमताको ब्याक्वेट, आधुनिक जिम, स्टीम र साउना, वेलनेस सेन्टरसहितका सेवा सुविधा छन्। होटलले हाल २२० जनालाई रोजगारी दिएको बस्नेतले जनारकाी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.