|

काठमाडौं : माओवादी केन्द्रसहित दल सम्मिलित समाजवादी मोर्चाको बैठक बुधबार बस्दैछ । बैठक दिउँसो २ बजे नेकपा एकिकृत समाजवादी पार्टिको कार्यलय आलोकनगरमा बस्ने तय भएको छ। 

मोर्चामा आबद्ध चार दलको कार्यदल बैठक मंगलबार बसेको थियो। कार्यदलमा नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ, नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता प्रमेश हमाल, नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा र नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गङ्गानारायण श्रेष्ठ छन्। 

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारबाट बाहिरिए पछि पहिलो पटक मोर्चाको बैठक बस्न लागेको हो।

यसैबीच बुधबार बिहान बस्ने भनिएको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक अपराह्नलाई सरेको छ। बिहान ८ बजे अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बस्ने भनिएको बैठक अपराह्न ४ बजेलाई सरेको सचिव गणेश साहले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.