|

काठमाडौं : संघीय संसद्अन्तर्गतका चार समितिको बैठक बुधबार बस्दैछ। 

प्रतिनिधसभाको अर्थ समितिको बैठकमा भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का विषयमा सरोकारवालासँग छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। बैठक बिहान ११ बजे बस्नेगरी बोलाइएको छ।

बिहान ११ बजे नै कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक बस्नेछ। बैठकमा सुदूरपश्चिम, मधेश र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा रहेका प्रहरी हिरासतको स्थलगत अनुगमन गर्न र संघीय संसद्ले बनाएका ऐनकानून कार्यान्वयनका चुनौतीका विषयमा अन्तरक्रिया कार्यक्रम गर्न गठित उपसमितिको प्रतिवेदनमा छलफल हुनेछ।

राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ। बैठकमा नेपालमा दिगो विकास लक्ष्य कार्यान्वयन स्थिति अध्ययन तथा मूल्यांकन प्रतिवेदन, २०८० सार्वजनिकीकरण र छलफल हुनेछ।

विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे बस्नेगरी बोलाइएको छ। बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल गर्ने कार्यसूची छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.