|

काठमाडौं : सुनसरी र मोरङमा भएको दुई छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनाबाट २ जनाको मृत्यु भएको छ। 

गएराति पौने ८ बजे सुनसरीको इटहरी उपमहानगरपालिका २० स्थित भित्र सडक खण्डमा तरहरा बजारतर्फ आउँदै गरेको को ३८ प २००९ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकको दाहिने तर्फको बिजुलीको पोलमा ठोक्किएको थियो।

उक्त दुर्घटना हुँदा टाउकोमा चोट लागेर गम्भीर घाइते भएका चालक इटहरी १९ का ३१ वर्षीय विजय राईको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको थियो। उनी नेकपा एमाले भोजपुर हतुवागढी गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष हुन्।

यसैगरी, मंगलबार राति पौने १ बजे मोरङको बुढीगंगा गाउँपालिका २ सक्मास्थित भित्री सडक खण्डमा टंकीचोकबाट सक्मातर्फ जाँदै गरेको प्रदेश १–०२–०४५ प ९३५७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक विराटनगर ४ का २१ वर्षीय श्याम गडेरीको उपचारको लागी विराट टिचिङ अस्पताल गंगाचौकमा मृत्यु भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.