|

काठमाडौं : सिंहदरबारमा बसेको  प्रमुख प्रतिपक्ष दलसहित विपक्षी दलहरुको बैठक बिहीबार पुन: बस्ने गरी सकिएको छ।

बुधबार बिहान सिंहदरबारस्थित नेकपा (माओवादी केन्द्र) को संसदीय दलको कार्यालयमा बसेको  बैठकले कुनै ठोस निर्णय नगरी बिहीबार बैठक बसेर संयुक्त बक्तव्य सार्वजनिक गर्ने बताइएको छ।

बैठकमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्याल, नेताहरु नारायणकाजी श्रेष्ठ, वर्षमान पुनः डा. वेदुराम भुषाल, प्रभु साहलगायत सहभागी थिए। सरकारले संसद् अधिवेशन आह्वान गर्नुको साटो पछिल्लो समय लगातार अध्यादेश ल्याउन थालेपछि संसद्‌ अधिवेशन बोलाउने दबाबका दिने विपक्षी दलहरू एकजुट हुन थालेका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.