|

काठमाडौँ : पेट्रोलियम पदार्थको मूल्य बढेको छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो। निगमले आज राति १ बजेदेखि बढेको मूल्य लागू हुने जनाएको छ। 

निगमले जारी गरेको विज्ञप्तिअनुसार पेट्रोलको मूल्य २ रुपैयाँ बढेको छ भने डिजेल र मट्टितेल दुवैमा ३/३ रुपैयाँले बढेको छ।

इण्डियन आयल कर्पोरेशनले यही जनवरी १५ देखि पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यसूची पठाएकाले त्यसैअनुसार भाउ बढाएको निगमले जनाएको छ। 

नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १६५ रुपैयाँसम्म पुगेको छ भने डिजेल र मट्टितेलको प्रतिलिटर मूल्य १५६ रुपैयाँ पुगेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.