|
फाइल तस्वीर

काठमाडौँ : कास्की र काठमाडौँ अदालतबाट धरौटीमा छाडिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध भोलि शुक्रवार रुपन्देहीमा मुद्दा दर्ता हुँदै छ।

रुपन्देहीस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा रविविरुद्ध शुक्रबार मुद्दा दर्ताको तयारी गरिएको जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीकी जिल्ला न्यायाधिवक्ता एवं सूचना अधिकारी उमाकुमारी केसीले थाहाखबरलाई जानकारी दिइन्।

रविविरुद्ध सहकारी ठगी प्रकरणमा चितवन र पर्सामा पनि मुद्दा दर्ताको अन्तिम तयारी छ। रुपन्देहीमा सकिएपछि चितवनमा र त्यसपछि पर्सामा मुद्दा दर्ता गर्ने सरकारी वकिलको तयारी छ। 

जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलनसम्बन्धी थप अभियोजन भने आज दर्ता गरेको हो। त्यसमा १७ जनालाई प्रतिवादी बनाइएको छ।

पूरक अभियोजन भने भोलि दर्ता हुने र उक्त अभियोजनमा रविसहित छविलाल जोशीलगायत प्रतिवादी छन् । लामिछाने काठमाडौँमा जस्तै रुपन्देही पनि आफैँ उपस्थित हुने बताइएको छ।

कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारी ठगी मुद्दामा ६५ लाख बैंक ग्यारेण्टी (धरौटी)मा रिहा भएका रवि स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा काठमाडौँ अदालतमा ६० लाख बैंक ग्यारेण्टी बुझाएर छुटेका छन्।

गत वैशाख ३ गते सुप्रिम सहकारीका पूर्वअध्यक्ष एवं संरक्षक जीबी राईसहितका २८ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.