जनकपुरधाम : धनुषामा बालुवा लोड गरेको ट्रकले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा महोत्तरीको महोत्तरी गाउँपालिका ५ बस्ने वर्ष ६० का सत्यनारायण साह छन्।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ स्थित शुक्रबार बाटो काट्दै गरेका पैदलयात्री साहलाई ना६ ख ४५३७ नम्बरको ट्रकले ठक्कर दिएको थियो।
उनलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषा प्रमुख भुवनेश्वर तिवारीले जानकारी दिए।
ट्रक चालक धनुषाको मिथिला नगरपालिका वडा नम्बर ११ लालगढका ४१ वर्षीय शिवकुमार दमाईंलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको प्रमुख तिवारीले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।