पूर्वी लोकतान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) मा सन् २०२५ मा दुई लाख ३७ हजार मानिस विस्थापित भएका छन् ।
‘उत्तर र दक्षिण किभु प्रान्तहरूमा सशस्त्र समूह र डीआरसी सेना बीचको बढ्दो झडपका क्रममा करिब चार लाख आन्तरिक रूपमा विस्थापित भएको युनिसेफका प्रवक्ता युजिन ब्यूनले बताएका ५न्।
यही जनवरी १ देखि ६ सम्म, उत्तरी किभु प्रान्तको मासिसी र लुबेरो क्षेत्रमा एक लाख ५० हजार मानिस घर छोड्न बाध्य भएका छन्। जबकि ८४ हजार मानिस दक्षिण किभुको फिजी क्षेत्रमा विस्थापित भएका छन् ।
राष्ट्रपति फेलिक्स शिसेकेडीको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठकमा सेनाले कब्जा गरेको देशको पूर्वी भागमा धेरै रणनीतिक क्षेत्रहरू फिर्ता गरेको घोषणा गरेको छ।
‘डीआरसी सशस्त्र बलहरूको सुरक्षा पुन: स्थापना गर्न, हराएको क्षेत्रहरू पुनः प्राप्त गर्न र डीआरसीको क्षेत्रीय अखण्डता पुन: स्थापना गर्न सबै मोर्चाहरूमा प्रतिबद्ध छन्’, सरकारी प्रवक्ता प्याट्रिक मुयायाले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।