काठमाडौं : असोजको दोस्रो साताको बाढीपहिराले क्षति पुर् याएको बीपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास) मा ठूलो क्षति पुग्यो। रोशीखोलाको बाढीले राजमार्गमा क्षति पुगेपछि निर्माण गरिएको ‘डाइभर्सन’ सडक कच्ची र धुलाम्मे भएका कारण यात्रुले सास्ती भोग्नु परेको छ।
राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्धस्थित चौकीडाँडाबाट रोशी गाउँपालिकाको कालढुङ्गासम्म १२ किलोमिटर सडकखण्डमध्ये ८ किलोमिटर सडक पूर्ण रूपमा क्षति पुगेको थियो ।
राजमार्गको विभिन्न खण्डको पुनर्निर्माणका लागि भने करिब ९ अर्ब ६६ करोड रुपैयाँ लाग्ने भएको छ । डिभिजन सडक कार्यालय भक्तपुरले बिपी राजमार्गअन्तर्गत भकुण्डेबाट नेपालथोकसम्मको विभिन्न खण्डमा पुनर्निर्माण गर्न अझै स्रोत सुनिश्चित भएको छैन।
हेर्नुहोस् बीपी राजमार्गको अहिलको अवस्था-
तपाईंको ईमेल गोप्य राखिनेछ ।