|

हुम्ला :  हुम्लाको सिमकोट गाउँपालिका–२ ठेहे गाउँकी २७ वर्षीया भन भण्डारीले बाटोमै बच्चा जन्माएकी छन्।  

आइतबार बिहान सुत्केरी व्यथा लागेपछि गाउँमै रहेको स्वास्थ्यचौकीमा पुगेकी भण्डारीलाई जिल्ला अस्पतालमा रिफर गरेपछि बिच बाटोमै बच्चा जन्माएकी हुन्। 

 रगत नियमित बगिरहेको र प्रेसर पनि कम छ भनी स्वास्थ्यचौकीले नसक्ने र आफूसँग थप उपकरण नभएका कारण जिल्ला अस्पतालमा लैजान भनेर रेफर गरेको थियो। 

ठेहे गाउँबाट सदरमुकाममा रहेको जिल्ला अस्पतालमा पैदलबाट तीन घण्टा लाग्छ। गाडीबाट एक घण्टा लाग्ने भएपनि केही दिनअघिको हिमपातले सिमकोट गाउँपालिका–३ को मन्की खोलामा बरफ जमेका कारण गाडी जान नसक्ने भएपछि स्टेचरमा बोकेर ल्याइएको थियो। 

छिटो उपचारका लागि स्वास्थ्य सेवा कार्यालयको एम्बुलेन्स समेत सिमकोट गाउँपालिका–४ को हेल्दुम खोलासम्म माग गरिएको थियो। तर भण्डारीले बाटोमै बच्चा जन्माएकी हुन्।  गाउँबाट स्टेचरमा बोकेर साढे एक घण्टा हिडेपछि सिमकोट गाउँपालिका–३ बरगाउँको चुकेडी भन्ने स्थानमा बाटोमै भण्डारीले छोरीलाई जन्म दिएको आफन्त कृष्ण बोहराले जानकारी दिए।  

अहिले सुत्केरी आमा र शिशु दुवैको अवस्था राम्रो भएको र घर लैजाने तयारी भइरहेको उनले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.