काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले २०८१ बाट मात्रै निवृत्तिभरण ऐनमा शिक्षक सेवा समावेश हुने बताएकी छन्।
सोमवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीसँग उनले २०८१ बाट मात्रै निवृत्तिभरण ऐनमा शिक्षक सेवा समावेश हुने जानकारी दिएकी हुन्।
उनले केही दिनअघि सरकारले जारी गरेको अध्यादेशमा निवृत्तिभरण ऐनको बारेमा पनि उल्लेख भएको बताउँदै निवृत्तिभरण कोषमा शिक्षक सेवा समावेश कहिले भन्ने प्रश्न रहेको बताइन्।
यसबारेमा आजको मन्त्रिपरिषद् बैठकमा आफूले कुरा राखेको र छलफलमा ऐन बनेपछि (२०८१) बाट मात्रै निवृत्तिभरण ऐन कोषमा शिक्षक सेवा समावेश हुने स्पष्ट भएको बताइन्।
‘निवृत्तिभरण ऐनको बारेमा जुन अध्यादेशमा आयो, त्यसमा शिक्षक सेवा पनि समावेश हुने निवृत्तिभरण ऐन कोषमा भन्ने आयो। त्यसमा शिक्षकहरुमा केही कन्फ्युजन थियो‚ कहिलेबाट भनेर‚’ उनले भनिन्, ‘मैले आज मन्त्रिपरिषद्मा यो विषय प्रवेश गराएँ। २०८१ सालबाट मात्रै उहाँहरु त्यसमा समावेश हुनुहुन्छ। अगाडिको शिक्षकहरु पेन्सनकै प्रावधानमा रहनुहुन्छ।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।