काठमाडौँ : काठमाडौँको कालीमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा पूर्वडिआइजी छविलाल जोशी ५० लाख बैंक ग्यारेण्टी पेश गरेर छुटेका छन् ।
काठमाडौँ जिल्ला अदालतले उनलाई ५० लाख धरौटीमा छाड्न आदेश दिएको र तोकिएको रकम बैंक ग्यारेण्टी कागज बुझाएर आजै रिहा गरिएको अदालतका श्रेस्तेदार तीर्थराज भट्टराईले थाहाखबरलाई जानकारी दिए।
जोशी कास्की जिल्ला अदालतमा परेको सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा ८८ लाख धरौटी बुझाएर छुटेका थिए।
सोही प्रकरणमा रास्वपाका सभापति रवि लामिछाने कास्कीमा ६५ लाख र काठमाडौँमा ६० लाख बैंक ग्यारेन्टी पेश तिरेर रिहा भइसकेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।