|

काठमाडौं :  नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।  

आज छापावाल सुन लामा १ हजार १०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

मूल्यवृद्धिसँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख ५८ हजार १०० रुपैयाँ कायम भएको छ। यसअघि सोमबार छापावाल सुनको मूल्य १ लाख ५७ हजार रुपैयाँ कायम थियो।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। सोमबार तोलामा १ हजार ८६० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर १ हजार ८७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.