काठमाडौं : सद्भाव थिएटरको नाटक अनुत्तर नेपालको प्रतिनिधित्व गरी थाइल्यान्डमा हुन लागेको Moradokmai International Theatre Festival- २०२५ मा सहभागी हुने भएको छ।यो महोत्सव २०२५ को जनवरी २३ देखि २७ सम्म मोराडोक-माई थियटरमा र फेब्रुअरी ७ देखि ९ सम्म बैंकक आर्ट्स एण्ड कल्चरल सेन्टरमा हुनेछ।
उक्त नाट्यमहोत्सवको तालिकानुसार थाइल्यान्डको समयानुसार साँझ ७:०० बजे ग्रान्डपा थिएटर हलमा मञ्चन हुनेछ।
यस अघि यो नाटकको नेपालमा सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)मा नियमित मञ्चन भई सकेको थियो। नाटक अनुत्तरको लेखन तथा निर्देशन राम के.ए.सी. ले गरेका छन् भने सह–निर्देशन सुशीलालक्ष्मी महर्जनको रहेको छ। यस नाटकमा रंगकर्मी किरण चापागाईंको एकल प्रस्तुति रहेको छ।
किरण चापागाईले नेपाली रङ्गकर्मी २०२५ को मोराडोक-माई अन्तर्राष्ट्रिय रंगमंच महोत्सवमा नेपाललाई प्रतिनिधित्व गर्नेछन्। उनले आफ्नो नाटक अनुत्तर प्रस्तुत गर्नेछन्। यस नाटकमा प्रकाश र संगीत सयोजन टीका भक्त जिरेलले दिएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।