|

बैतडी : धनगढीमा जारी प्रधानमन्त्री कप टी-२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेश सुपर ४ मा पुगेको छ।

आज सम्पन्न दोस्रो खेलमा मधेश प्रदेशलाई ७ विकेटले पराजित गर्दै समूह बी को उपविजेताका रूपमा बागमती सुपर ४ मा पुगेको हो।

जितका लागि पाएको ४१ रनको लक्ष्य बागमतीले ६ ओभर ४ बलमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो। जसमा यसु पाण्डेले सर्वाधिक १९ रन जोडिन्।

बलिङमा मधेशका लागि रोजी कडारीले २ विकेट झारिन्।

यसअघि फाप्ला क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको मधेश १५ ओभर ५ बलमा ४० रनमा अलआउट भयो। मधेशका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

बागमतीका लागि प्लेयर अफ द म्याचसमेत भएकी कप्तान कञ्चन श्रेष्ठले ४ विकेट हात पारिन्।

यसअघि आजै भएको पहिलो खेलमा कोशी प्रदेशलाई ९ विकेटले पराजित गर्दै त्रिभुवन आर्मी क्लब समूह विजेताको रूपमा सुपर ४ मा पुगिसकेको छ। 

समूह बी मा रहेको कोशी र मधेश भने प्रतियोगिताबाट बाहिरिएका छन्। 

उता समूह ए बाट एपिएफ विजेता र सुदूरपश्चिम उपविजेता भएर सुपर ४ मा सुरक्षित भइसकेका छन्।

माघ १ गते शुरू भएको प्रतियोगितामा माघ १२ गते सकिनेछ।

प्रतियोगिताको उपाधि जित्नेले नगद ५ लाख रुपैयाँ, दोस्रो हुनेले नगद ३ लाख रुपैयाँ, प्लेयर अफ द सिरिजलाई नगद ५० हजार रुपैयाँ, बेस्ट ब्याटर र बेस्ट बलरलाई जनही नगद २५/२५ हजार रुपैयाँ पुरस्कार दिइनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.