|

काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले चितवनको कालिका नगरपालिकामा स्थापना भएको नगर अस्पतालका लागि सरकारबाट आवश्यक सहयोग हुने प्रतिबद्धता जनाएका छन्।

चितवनको कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले आज मन्त्रालयमा गरेको भेटका क्रममा मन्त्री पौडेलले स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने विषयमा आफ्नो ध्यान रहेको र उक्त अस्पतालका लागि पनि आवश्यक सहयोग हुने आश्वासन दिएका हुन्।

भेटका क्रममा नगरप्रमुख रेग्मीले भिडियो एक्सरेसहितका ल्याबका उपकरणहरू आवश्यक रहेकाले उपलब्ध गराउन माग गरेका थिए। उनले नगर अस्पतालको स्तरोन्नतिका लागि आवश्यक बजेटको व्यवस्था गरिदिन पनि अनुरोध गरेका थिए। 

सो क्रममा मन्त्री पौडेलले केही उपकरण खरिदको प्रक्रियामा रहेको र खरिद भएपछि सहयोग गरिने आश्वासन दिएका पनि नगरप्रमुख रेग्मीले जानकारी दिए।

नगरपालिकामा हाल १५ शय्याको अस्पताल सञ्चालनमा छ। नगर अस्पतालमा दैनिक तीन सयदेखि चार सयजना सेवाग्राहीले सेवा लिँदै आएका छन्। उक्त अस्तताल चेपाङ समुदायले सेवा लिने अस्पताल पनि हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.