|

विश्व स्वास्थ्य स‌गठन (डब्लूएचओ) ले विश्वव्यापी स्वास्थ्य एजेन्सीबाट बाहिरिने संयुक्त राज्य अमेरिकाको घोषणाप्रति खेद प्रकट गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबारअमेरिका बाहिरिने घोषणा गरेपछि डब्लूएचओको यो प्रतिक्रिया आएको हो ।

‘विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले संयुक्त राज्य अमेरिकाको घोषणाप्रति खेद प्रकट गर्दछ’,डब्लूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘डब्लुएचओ विश्वका मानिसको स्वास्थ्य र सुरक्षाको लागि महत्त्वपूर्ण छ।’

विश्वव्यापी स्वास्थ्य एजेन्सीले अमेरिका सन् १९४८ मा डब्ल्यूएचओको एक संस्थापक सदस्य रहेको उनले स्मरण गरेका छन्। ‘सात दशकभन्दा बढी समयदेखि डब्ल्यूएचओ र संयुक्त राज्य अमेरिकाले अनगिन्ती जीवन बचाएका छन् । अमेरिकी संस्थाहरूले डब्लूएचओको सदस्यताबाट योगदान र लाभ उठाएका छन्’ , विज्ञप्तिमार्फत डब्लूएचओले भनेको छ।
    
‘हामी आशा गर्छौँ कि संयुक्त राज्यले पुनर्विचार गर्नेछ । हामी संयुक्त राज्य अमेरिका र डब्लूएचओ बीचको साझेदारीलाई दिगो बनाउन रचनात्मक संवादमा संलग्न हुने आशा गर्दछौँ’, डब्लूएचओले भनेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.