|

काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले फेब्रुअरी ३ देखि भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट जजिरा र थाई एशियाले उडान सुरु गर्ने बताएका छन्। मंगलबारको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा उनले यस्तो जानकारी दिएका हुन्।

उनले भैरहवाबाट अहिले पनि नेपाल एयरलाइन्स र फ्लाइ दुबईले उडान गरिरहेको बताए। उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा—ल्हासा उडानका लागि हिमालय एयरलाइन्सले पहल गरिरहेको बताए।

विमान उडान सञ्चालन देशको जिडिपीसँग जोडिएको हुने भन्दै स्वेच्छिक राखेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पमा अन्य विमानस्थलमा जानेको संख्या कम हुने बताए।

विदेश जानेहरुका लागि ५ सय मिटरभित्रै सबै सेवा उपलब्ध गराउने प्रतिबद्धतासहित अघि बढ्नसके भैरहवा र पोखरा विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आउने बताए।

उनले भने, ‘पोखरा र भैरहवाको कुरामा अब सरकारले पनि यो कार्ययोजना पास गरेर विभिन्न क्षेत्रको कार्यक्रमहरु लिएर आएको छ। यसमा हामीले पाँच वटाको फ्लाइट भयो।  अहिले त्यहाँ नेपाल एयरलाइन्स अपग्रेट गरिरहेको छ, फ्लाइ दुबई अपग्रेट गरिरहेको छ।

जजिरा फेब्रुअरी ३ देखि गर्छ, थाइ एशिया फेब्रुअरी ३ देखि गर्दछ। पोखरामा हिमालयले ल्हासा गर्न सकिन्छ कि भनेर हेरिरहेको छ।' महानिर्देशक अधिकारीले अन्तर्राष्ट्रिय व्यापारमा जबरजस्ती किन गरेको? भन्ने प्रश्नको जवाफ आफूसँग पनि नरहेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.