|

सिमकोट : हुम्लाको सदरमुकाम सिमकोट गाउँपालिकाको वडा नं ५ र ६ मा खानेपानीको समस्या भएको छ।

चिसोले खानेपानीका धारामा बरफ जमेर पानी आउन नसकेपछि सिमकोटमा खानेपानीको समस्या भएको हो।

खानेपानीका धारामा पानी नआएपछि सेवाग्राहीले समस्या भोग्नुपरेको छ। सिमकोट तल्लो बजारमा धारामा पानी आउन छाडेपछि घण्टौँ लाइन बसेर एक बाल्टी पानी थाप्नुपर्ने अवस्था आएको स्थानीय लक्ष कामीले बताए।

कामीले भने, ‘तल्लो बजारका अधिकांश धारामा पानी आउन छाडेको छ, पानी आएका छिटफुट धारामा पनि एक घण्टाभन्दा बढी लाइन बस्नुपर्छ, कहिले त खाना पकाउने पानी नै पुग्दैन।’

एकातिर खानेपानीको व्यवस्था गर्न समस्या देखिएको छ भने अर्कोतिर खोलामा गएर कपडा धुनुपर्ने बाध्यता स्थानीयको छ। एक बाल्टी पानी थाप्न लाइनमा बस्नुपर्ने बाध्यता छ।

हिउँदको समयमा पानीमा बिहानको समय बरफ जम्नुका साथै बजार क्षेत्रका विभिन्न ठाउँमा पानीका पाइप फुटेकाले तल्लो बजारवासीले खानेपानीको समस्या भोग्नुनुपरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.