|

काठमाडौं : आईसीसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेटमा अष्ट्रेलियाले नेपालसामू जितका लागि १ सय ४० रनको चुनौती दिएको छ । 

मलेसियाको बांगीमा टस जितेर पहिला ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा  ६ विकेट गुमाउँदै १ सय ३९  रन बनाएको हो । उसका लागि काओमी ब्रेले सर्वाधिका ४५ रनको योगदान गरिन्। इलेनोर लारोसाले ३१ रन बनाउँदा हसरत गिल ३० रनमा अविजित रहिन्। 

नेपालकी कप्तान पूजा महतोले सर्वाधिक ३ विकेट लिइन् भने सिमाना केसीले २ र रिया शर्माले एक विकेट खसालिन्। नेपालले केहीबेरमा जवाफी ब्याटिङ सुरु गर्नेछ। 

नेपाललाई सुपरसिक्समा पुग्न अष्ट्रेलियाविरुद्ध फराकिलो जित आवश्यक छ।  नेपाल रहेको समूह डिमा अष्ट्रेलिया अपराजित टिम हो । उसले यसअघिका दुबै खेल जितेको छ । नेपालले भने यसअघि खेलेका दुबै खेल हारेको छ। 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.