थुनछेक बहस बिहीवार

|

काठमाडौँ : रुपन्देही जिल्ला अदालतमा आज राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बयान लिइएको छ।

उनीसँगको बयान सकिएको र थुनछेक बहस बिहीवार हुने अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले थाहाखबरलाई जानकारी दिए। 

न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा रविको बयान भएको हो। मरासिनीका अनुसार आज उनलाई परिवार र कानुन व्यवसायीको जिम्मामा भोलि उपस्थित हुने गरी छाड्न आदेश भएको छ। 

सुप्रिम सहकारीको बचत ठगी आरोपमा उनीलगायत विरुद्ध रुपन्देही अदालतमा पूरक अभियोग दर्ता भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.