|

काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालको साझा वैदेशिक सहायता नीति आवश्यक रहेको बताएका छन्।

बुधवार नेपाली कांग्रेसको आर्थिक नीति तथा योजना विभागले आयोजना गरेको नेपालमा वैदेशिक सहयोगको अर्थ राजनीति विषयक संवाद गोष्ठीमा उनले यस्तो बताएका हुन्। उनले वैदेशिक सहायता नीतिको साझा श्वेतपत्र बनाउन सरकारले पहल गर्न जरुरी रहेको बताए। 

हालसम्म नेपालले पाएका वैदेशिक सहायताको तथ्यांक श्वेतपत्रमा राख्नुपर्ने पनि बताए। उनले बाह्य सहयोगको सन्दर्भमा नेपाल सतर्क, उदार, जिम्मेवार र गम्भीर बन्नुपर्ने बताए। 

‘यो बेलामा हामीले एउटा नयाँ होप क्रिएट गर्ने सन्दर्भमा हाम्रो समग्र अहिलेसम्मको वैदेशिक सहायताको सन्दर्भको विषय वा नेपालको समुन्नतिको सन्दर्भमा अहिलेसम्म गरिएका कामहरुको सन्दर्भलाई गहन ढंगले समीक्षा गरेरै हामीले आगामी दिनको यात्रा तय गर्नुछ‚’ महामन्त्री शर्माले भने, ‘स्वयं सिंगो सरकारले नै त्यो विषयमा प्रवेश गर्नुपर्ने हो कि जस्तो लाग्छ। हाम्रो विभागले नै नेतृत्व गरिराखेर एउटा श्वेतपत्र मुलुकको सामुन्ने पस्किनुपर्छ। हालसम्म हामीले जे जति पनि वैदेशिक सहायता प्राप्त गरेका छौँ, त्यसको तथ्यांकदेखि लिएर पछिल्लो समयको चित्रसम्म यो बेलामा जरुरी छ।’

महामन्त्री शर्माले निश्चित दल विशेषको आकांक्षा र चाहनाभन्दा राष्ट्रिय रुपमा साझा दृष्टिबाट वैदेशिक सहयोग लिने व्यवस्था गर्नुपर्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.