|

हेटौँडा : मकवानपुर प्रहरीले मकवानपुर जिल्लाको मनहरी गाउँपालिकाको छुट्टाछुट्टै स्थानबाट गाँजासहित दुईजनालाई नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले मनहरी गाउँपालिका वडा नं ८ सिम्पानीस्थित पूर्वपश्चिम लोकमार्ग सडकखण्डमा सवारीसाधन जाँच गर्ने क्रममा राक्सीराङ गापाको चैनपुरतिरबाट हेटौँडातर्फ आउँदै गरेको बा.प्र.०६–००१ च ००६२ नं.को बोलेरो पिकअप गाडी खानतलासी गर्दा गाँजासहित एकजनालाई नियन्त्रणमा लिएको हो।

उक्त गाडीबाट ८१ किलो गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

प्रहरीका अनुसार उक्त गाडीचालक मकवानपुर कैलाश गाउँपालिका वडा नं ४ बस्ने २२ वर्षीय छेटुप थिङ पक्राउ परेका छन्। 

यस्तै इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले मकवानपुर मनहरी गाउँपालिका वडा नं ९ मगरटोलस्थित सडकमा शंकास्पद रुपले हिँडिरहेका सोही स्थानका ५४ वर्षीय दुर्गाबहादुर मोक्तानलाई पक्राउ गरेको छ।

प्रहरीले उनको खानतलासी गर्दा उनको साथबाट ६ किलो गाँजा बरामद गरेको छ। 

प्रहरीका अनुसार दुवै जनामाथि जिल्ला अदालत मकवानपुरबाट ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.