|

नेपालगन्ज : बाघको आक्रमणबाट बाँकेमा एक वृद्धाको मृत्यु भएको छ। 

बाँकेको राप्ती सोनारी गाउँपालिका–८ सम्शेरगन्जस्थित ओभरीमा रहेको भगवती सामुदायिक वन उपभोक्ता समूहको जंगलमा दाउरा काट्न गएकी स्थानीय ६७ वर्षीया चेती बुढाको बाघको आक्रमणबाट मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार बुधबार बिहान करिब ११ बजेतिर उनी दाउरा काट्न भन्दै घरबाट निस्केकी थिइन्। घरबाट करिब २ किलोमिटर टाढा रहेको सामुदायिक वन समूहको जंगलभित्र दिउँसो बाघले आक्रमण गरेर उनलाई मारेको थियो।

स्थानीयका अनुसार खोजीका क्रममा उनको शव साढे ३ बजेतिर फेला परेको थियो। मृतकको शवलाई पोष्टमार्टमका लागि भेरी अस्पताल नेपालगन्जमा राखिएको प्रहरीले जनाएको छ।

घटनास्थल बाँके राष्ट्रिय निकुञ्जसँगै जोडिएको सामुदायीक वन हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.