|

काठमाडौँ : महानगर यातायात प्रालिले थानकोटदेखि धुलिखेलसम्मको रुटमा सेवा शुभारम्भ गरेको छ।

बिहीवार काठमाडौँमा एक कार्यक्रम गरी थानकोट-धुलिखेल सेवा शुरु गरेको हो। काठमाडौँको चक्रपथमा सेवा दिँदै आएको महानगर यातायातले टाटाका थप ४० वटा बस आजदेखि सञ्चालनमा ल्याएको हो।

थानकोट गोदामबाट छुट्ने बस धुलिखेल अस्पतालसम्म पुग्नेछ। ती बस थानकोट गोदाम- चेकपोष्ट-सतुङ्गल-कलंकी-सानेपा-सातदोबाटो-कोटेश्वर-भक्तपुर-बनेपा-धुलिखेल हुँदै चल्नेछन्।

नयाँ बस थपिएसँगै महानगर यातायातका बस ८९ पुगेको प्रालिले जनाएको छ। सिप्रदी ट्रेडिङ प्रालिले सोही कार्यक्रममा बसहरूको चाबी महानगर यातायात प्रालिलाई हस्तान्तरण गरेको हो।

नयाँ बसहरू सञ्चालनमा आएसँगै महानगर यातायातले चक्रपथ बाहेकका अन्य गन्तव्य र रुटमा पनि सेवा विस्तार गरेको महानगर यातायात प्रालिका उपाध्यक्ष सन्तोष खतिवडाले बताए। आजदेखि नै महानगर यातायातले काठमाडौँको चन्द्रागिरि, गोदाम र थानकोटदेखि काभ्रेपलाञ्चोकको बनेपा हुँदै धुलिखेलसम्मका रुटमा यात्रुलाई सेवा दिन थालेको उनले बताए।

साथै महानगर यातायात प्रालिले आफूलाई पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण गर्ने निर्णय गरेको पनि जानकारी गराए।

उनले महानगरपालिकाले छिटै १० वटा विद्युतीय बस समेत सञ्चालनमा ल्याउने तयारी गरिरहेको जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.