|

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको मुद्दामा थुनछेक बहस जारी छ।  

रुपन्देही जिल्ला अदालतमा आज सरकारी वकिलले बहस सकाएका छन्। उनीहरूले लामिछानेलाई न्यायिक हिरासतमा राख्नुपर्नेमा परिवारको जिम्मामा छाडिएकामा असन्तुष्ट जनाएका छन्। सरकारी वकिलले उनलाई थुनामा राख्नुपर्ने माग पनि गरेका बताइएको छ।
 
आजै पीडितका तर्फबाट पनि बहस सुरु भएको र भोलि पनि जारी रहने जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीकी सूचना अधिकारी, सहायक जिल्ला न्यायाधिवक्ता उमाकुमारी केसीले थाहाखबरलाई जानकारी दिइन्।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणका आरोपी लामिछाने बुधवार अदालत उपस्थित भएका थिए। हिजो उनीसँग बयान लिइएको थियो। आजबाट थुनछेक बहस सुरु गरिएको हो। 

न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा थुनछेक बहस भइरहेको छ। बहस नसकिएकाले आज पनि उनलाई परिवार र वकिलको जिम्मा लगाएर छाडिएको छ।

बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधमा सरकारी वकिल कार्यालयले रवि लामिछानेसहितलाई अभियुक्त बनाएर आइतवार मुद्दा दर्ता गरेको थियो।

सहकारी ठगी प्रकरणमा लामिछाने कास्की जिल्ला अदालतबाट ६५ लाख र काठमाडौँ जिल्ला अदालतबाट ६० लाख धरौटीमा रिहा भएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.